
सफलता र असफलता व्यावसायिक जीवनका नछुट्टिने पाटा हुन् । सफलताको सम्भावना र असफलताको जोखिमका बीच शुरु गरिने व्यावसायिक यात्रामा कहिले कहाँ पुगिन्छ टुंगो हुँदैन ।
तर, सफलता र असफलताको मिठो र नमिठो दुबै अनुभवपछि फेरि उठेर आकाश छुने सपना बोकेर उड्न सक्नु चानचुने कुरा होइन । ठ्याक्कै यस्तै भोगाइ अनुभव गरेका पात्र हुन् राजेन्द्र शाक्य ।
व्यावसायिक यात्रामा सफलता र असफलता दुबैको चरम अनुभव भोगेका उनले जसरी ‘बाउन्स ब्याक’ गरेका छन् । उनीसँगै उनले शुरु गरेका व्यवसाय पनि क्रमशः ‘बाउन्स ब्याक’ हुँदै उदाइरहेका छन् । त्यसको पछिल्लो नतिजा हो गुण एयरलायन्स ।
जसरी ढलेको रुख मृत प्रायः भइसक्दा पनि पालुवाहरु उम्रन्छन् त्यसैगरी शाक्यले इतिहासबाट नामै मेटिने गरी थला परेको गुण एयरलाइन्समा करिब २ वर्षअघि यस्तै आशाका पालुवा पलाउँदै गरेको देखेका थिए ।
मनमनै पलाएको त्यो पालुवामा उनले मलजल गरे, स्याहारसुसार गरे, चूनौतीपूर्ण अवस्थामा हुर्काए फलस्वरुप आज वृक्ष बनेको छ । र, ८ वर्षपछि फेरि गर्वका साथ नेपाली आकाशमा उड्न उँचो उडानका तम्तयार भएको छ ।
News Link: