
श्री सिद्धि मंगल माध्यमिक विद्यालयले प्रथम छात्रा लेजेन्ड कप फुटसल प्रतियोगिता जितेको छ ।लेजेण्ड फुटसलद्वारा आयोजित प्रतियोगिता ललितपुरको महालक्ष्मी नगरपालिका सिद्धिपुरमा आयोजना भएको थियो । माउन्ट ओलिभ विद्यालय दोस्रो र भानोदय माध्यमिक विद्यालय तेस्रो भयो ।
कुल सातवटा बिद्यालयको सहभागीता रहेको प्रतियोगितामा उच्च गोलकर्ता कोपिला इङ्लिस सेकेन्डरी बिद्यालयकी रितिसा श्रेष्ठ बनिन् । विजयी टोली एवम सहभागी खेलाडीलाई महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ, महालक्ष्मी नगरपालिका वडा न ६ का अध्यक्ष वासुदेव महर्जन, गुण एयरलाइन्सका प्रबन्ध निर्देशक दिप्रश शाक्य लगायतले ट्रफी, पदक तथा नगद पुरस्कार प्रदान गरे । गुण एयरलाइन्सका प्रबन्ध निर्देशक दिप्रश शाक्यले यस किसिमको बिद्यालय स्तरको छात्रा फुटसल प्रतियोगिता ललितपुर जिल्ला महालक्ष्मी नगरपालिकामै पहिलोपटक भएकोमा उत्साहित हुदैं आगामी दिनमा सहयोग र सहकार्य निरन्तर रहने बताए ।
सहभागी टोलिलाई लेजेन्ड फुटसल द्वारा निशुल्क प्रशिक्षण एवम खेल स्थल उपलब्ध गराइएको लेजेन्ड फुटसलका अध्यक्ष अमन महर्जनले जनाए ।
News Link