
नेपाल फाइनान्सले गोरखाको पालुङटारमा १२ औं शाखा विस्तार गरेको छ ।
निजी क्षेत्रको लगानीमा खुलेको नेपालको पहिलो फाइनान्सले पालुङटारमा १२ औं शाखाको औपचारिक उद्घाटन सञ्चालक समिति सदस्य दिप्रश शाक्यले एक कार्यक्रमकाबीच गरेका हुन् ।
शाखा उद्घाटन कार्यक्रममा संस्थाका संचालक सदस्यहरु दिप्रश शाक्य, राजन प्रजापती र बिकेश शाक्यसहित संस्थाका प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलिया, सहायक प्रमुख कार्यकारी अधिकृत बिष्णु प्रसाद गौतमका साथै विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, पालुङटार उद्योग वाणिज्य संघका अध्यक्ष, विभिन्न स्कुल तथा कलेजका प्राचार्य, स्थानीय बुद्धिजिवी र समाजसेवी लगायत उपस्थित भएका थिए ।
News Link: