
निजि क्षेत्रको पहिलो फाइनान्सको रुपमा संचालित नेपाल फाइनान्स २९औं बर्षमा प्रवेश गरेको छ। नेपालको सबैभन्दा पुरानो नेपाल फाइनान्सले हाल १० वटा शाखा कार्यालय र काठमाडौंको कालिमाटी र कान्तिपथमा एक्सेटेन्सन मार्फत सेवा प्रवाह गर्दै आएको छ।२०४९ सालमा स्थापना भएको फाइनान्सको साधारण सभाले आगामी ४ बर्षको लागि संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समुहवाट प्रतिनिधित्व गर्ने १ जना संचालक निर्विरोध निर्वाचित गरेको छ।
संस्थापक समुहवाट निर्वाचित संचालकहरुमा हिरेन्द्रमान प्रधान ,दिप्रश शाक्य,राजन प्रजापति ,बिकेश शाक्य र सर्वसाधारणको तर्फबाट संचालक लक्ष्मी महर्जन निर्वाचित भएकाछन।२०४९ सालमा स्थापना भएको नेपाल फाइनान्सको साधारण सभाले आगामी चार बर्षको लागि संस्थापक समुहबाट ४ जना र सर्वसाधारण समुहबाट प्रतिनिधित्व गर्ने १ जना संचालक निर्विरोध निर्वाचित गरेको हो।
साधारणसभाले बैंक तथा वित्तीय संस्थालाई गाभ्ने र गाभिने एवम प्राप्ति गर्ने कार्यको लागि संचालक समितिलाई अख्तियारी प्रदान गरेको छ।संस्थाको संचालक समितिको अध्यक्ष हिरेन्द्र मान प्रधानको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा संचालक दिप्रश शाक्यले स्वागत मन्तव्य राखेका थिए भने प्रमुख कार्यकारी अधिकृत उद्दव राज थपलियाले हाल सम्मको प्रगती विवरणहरुको बारेमा प्रकाश पारेका थिए।
नेपाल फाइनान्सले मोबाईल बैकिङ्ग कनेक्ट आइपिएस आइपिएस आरटिजिएस एटिएम कर्पोरेट पे आदिबाट आफना सेवा हरु प्रदान गर्दै आएको छ।
News Link: