
नेपाल फाईनान्स लिमिटेडले ललितपुर फाईनान्स लिमिटेडलाई प्राप्ति गरी आइतबारदेखि एकिकृत कारोबार शुभारम्भ गरेको छ । कान्तिपथ स्थित होटल एल्लो प्यागोडामा सम्पन्न कार्यक्रममा दुवै संस्थाका संचालकहरु, नेपाल फाईनान्सका आधारभूत शेयरधनी एवम् उद्योग ब्यवसायी राजेन्द्र शाक्य, नेपाल फाईनान्सका प्रमुख कार्यकारी अधिकृत उध्दवराज थपलिया, ललितपुर फाईनान्सका का.मु. प्रमुख कार्यकारी अधिकृत चन्द्र शेखर खड्का लगाएत सीमित कर्मचारीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल फाइनान्स लिमिटेडका संचालक समितिका अध्यक्ष प्रा.हिरेन्द्रमान प्रधानको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल फाईनान्सका संचालक एवम् संयुक्त प्राप्ति समितिका संयोजक दिप्रश शाक्यले स्वागत मन्तब्यको साथमा समितिले सम्पादन गरेका कार्यहरुको बारेमा प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको संचालन सहायक प्रमुख कार्यकारी अधिकृत बिष्णु प्रसाद गौतमले गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल फाईनान्सका स्वतन्त्र संचालक आनन्दकृष्ण ताम्राकार र ललितपुर फाईनान्सका अध्यक्ष दिपक महर्जनले शुभकामना ब्यक्त गर्दै प्रारिम्भिक संझौता भएको ६ महिनाभित्रै एकिकृत कार्य सम्पन्न गरी ऐतिहासिक रेकर्ड कायम गरेको र आगामी दिनहरुमा समेत यस्तै रेकर्ड हासिल गर्न संस्था सफल होस भनी शुभकामना ब्यक्त गर्नुभएको थियो ।
News Link: