
नेपाल फाईनान्सले साधारणसभा आह्वान गरेको छ । कम्पनीले भदौ २६ गते शनिवार भर्चुअल माध्यमबाट गर्ने गरि सभा आह्वान गरेको हो ।
सभामा आर्थिक वर्ष ७६/७७ को वार्षिक प्रतिवेदन पेश गर्ने, लेखापरीक्षण प्रतिवेदन सहित अन्य वित्तीय विवरण पेश गर्ने , आर्थिक वर्ष ७७/७८ को लागि बाह्य लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने, साविकको ललितपुर् फाईनान्सको वित्तीय विवरणहरु पारित गर्ने, लगायतका साधारण प्रस्ताव पेश हुने छन् ।