
नेपाल राष्ट्र बैंकले ललितपुर फाइनान्सलाई आफुमा विलय गर्नका लागि नेपाल फाइनान्सलाई स्वीकृति दिएको छ । नेपाल फाइनान्सको गत जेठ २८ गतेको विशेष साधारण सभाबाट ललितपुर फाइनान्सलाई विलय गर्ने सम्झौता पारित भएको थियो । केन्द्रीय बैंकले मंगलबार दुवै फाइनान्सलाई विलयको अन्तिम स्वीकृति दिइएको व्यहोराको पत्र पठाएको छ ।
नेपाल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत उद्धव थपलियाले असार मसान्त भित्रमा नै एकीकृत कारोबार सुरु गर्ने बताए । यसका लागि कम्पनी रजिष्ट्रारका साथै अन्य सम्बद्ध निकायमा गरिनु पर्ने काम तिब्र पारिएको उनको भनाई छ ।
News Link: