
२०४९ सालमा नेपालको पहिलो फाइनान्स नेपाल फाइनान्स खुल्यो। यसैबीच च्याऊ जस्तै फाइनान्स खुल्न थाले र फाइनान्सको संख्या ७९ पुग्यो। अहिले भने फाइनान्स कम्पनीको संख्या २० भन्दा तल आइसकेको छ।
पहिलो फाइनान्स भए पनि नेपाल फाइनान्सले २ भन्दा बढि शाखा खोल्न सकेको थिएन। संस्थाको अवस्था झन् भन्दा झन् खस्किदै गयो। यसैबीच २०७१ सालमा नेपाल राष्ट्र बैंकले यो संस्थालाई समस्याग्रस्त घोषणा गर्यो। त्यस पछि सबै कर्जा निश्कृय हुन पुगे। पुँजी पर्याप्तता अनुपात पनि ऋणात्मक हुन पुग्यो।
यसैबीच योजना आयोगको सदस्य भइसकेका प्रा.डा. हिरेन्द्रमान प्रधान, बेलायतबाट पढेर फर्किएका दिप्रश शाक्य, लामो समय शिक्षा क्षेत्रमा बिताएका चन्द्र कुमार राई आदि उक्त फाइनान्समा जोडिन आइपुगे।
News Link:
नेपालको पहिलो फाइनान्स: नेपाल फाइनान्सले कसरी मार्यो फड्कोे?