
गुण फिल्म्सले चलचित्र ‘कर्म’ निर्माण गरेको छ । कर्म नेपाल भाषाको चलचित्र हो । चलचित्रमा मदन कृष्ण श्रेष्ठ, नारायणदेवी प्रधान, कर्मा, अशिस्मा नकर्मी, यमन श्रेष्ठ, लुनिभा तुलाधर, कृष्णभक्त महर्जन, अन्नपूर्णेश्वरी श्रेष्ठ लगायतको अभिनय रहेको छ ।
चलचित्रको निर्माता राजेन्द्र शाक्य (Rajendra Shakya) हुन् भने, दिप्रश शाक्य (Diprash Shakya) सह निर्माता हुन् । फिल्ममा स्क्रिन प्ले, डायलग तथा निर्देशन रामकृष्ण खड्कीको रहेको छ । फिल्म बौद्धिस्ट कथामा आधारित रहेको सह निर्माता दिप्रश शाक्य (Diprash Shakya) ले जानकारी दिए ।
फिल्ममा राजु तुलाधर, रामकृष्ण खड्की, बालकृष्ण वंशीको संगीत छ भने, मदन कृष्ण श्रेष्ठ, सतिश महर्जन र रत्न शोभा महर्जनले गीत गाएका छन् ।
Trailer Link:
News Link: