
नेपालको निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले आजबाट पोखरा – भरतपुर नियमित हवाई उडान शुरू गरेको छ । आन्तरिक पर्यटनलाई टेवा पुऱ्याउने उद्देश्यका साथ उडान सुरू गरिएको कम्पनीले जनाएको छ । साथै उडानको पहिलो दिन नै यात्रुहरुबाट पुर्ण सहयोग प्राप्त भएकोले उत्साह मिलेको एयरलाइन्सले जनाएको छ ।
एयरलाइन्सले भोलि बिहीबारबाट पोखरा- भैरहवा र पर्सि शुक्रबारबाट पोखरा- नेपालगन्जको अन्तर प्रदेश उडान समेत दैनिक रुपमा गर्ने भएको छ । यसबाट आन्तरिक पर्यटन प्रबर्द्धनलाई ठूलो मद्दत पुग्ने, एक प्रमुख सहरबाट अर्को सहरमा पुग्न यात्रुलाई सहज हुने कम्पनीको भनाइ छ ।
News Link: