
निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले कात्तिक पहिलो सातादेखि काठमाडौं-सिमरा नियमीत उडान सेवा सुरु गर्ने भएको छ।
एक महिनाको छोटो अवधिमै गन्तब्य विस्तार गरिरहेको कम्पनीले चारवटा गन्तब्यमा प्रादेशिक उडान सुरु गर्नका लागि गृहकार्य सुरु गरेको कम्पनीका बजार प्रमुख एवं प्रवक्ता प्रज्वल थापाले बताए। कम्पनीले पोखरा-नेपालगञ्ज र भद्रपुर-धनगढीतर्फ प्रादेशिक उडान सुरु गर्न लागेको उनले जानकारी दिए।
‘हाम्रो व्यावसायिक योजना अनुसार पाँचवटा जेटस्ट्रिम जहाज र दुईवटम विचक्राफ्ट जहाजमार्फत नौवटा गन्तब्यमा नियमित उडान गर्ने छौँ। यी मध्ये सातवटा गन्तब्यमा नियमित उडान सुरु गरिसकेका छौँ। छिट्टै सिमरा र सुर्खेत उडान गर्ने तयारी गरिरहेका छौँ।’ प्रवक्ता थापाले भने,’ यो सँगै प्रादेशिक उडानका लागि पनि गृहकार्य सुरु भइसकेको छ।’
गत असोज १ गतेबाट नियमित उडान सुरु गरेको कम्पनीले हाल भरतपुर, पोखरा, भैरहवा, तुम्लिङटार, नेपालगञ्ज, विराटनगर, जनकपुर, विराटनगर लगायत गन्तब्यमा नियमीत उडान सेवा दिँदै आएको छ।
News Link: