
घरजग्गा व्यापारमा समस्यामा परेर उक्सिएका राजेन्द्र शाक्यले एक अर्ब लगानी गरेर गुण एयरलाइन्सलाई रिभाइभ गरेका छन्। उनले एक अर्बमा यती एयरलाइन्सको पाँच वटा जेट स्ट्रीम जहाज किनेर दुई महिनाभित्रै संचालनमा ल्याउँदैछन्।
पर्यटन मन्त्रालयले विहीबार गुणलाई पाँच वटा जहाज थप्न अनुमति दिएको छ। भानुभक्त ढकालको संयोजकत्वमा बसेको बैठकले गुणलाई जहाज थप्न अनुमति दिएको हो। २०६४ साल अघि घरजग्गा र सेयर कारोबारमा अर्बौ लगानी गरेका शाक्य राष्ट्र बैंकले ल्याएको नीतिका कारण आर्थिक संकटमा फसेका थिए।
News Link: