
आन्तरिक उडानमा विद्युतीय बस प्रयोग गर्ने पहिलो एयरलाइन्सको रुपमा गुण एयरलाइन्स बनेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई वातावरण अनुकुल बनाउने उद्धेश्यका साथ यात्रु ओसारपसारका लागि प्रयोग गर्न गुण एयरलाइन्सले दुई वटा विद्युतीय बस प्रयोगमा ल्याएको हो ।आफ्नै ब्राण्डमा फकिएपछि पहिलो पटक एयरलाइन्सले शुक्रबारबाट नियमीत उडान सुरु गरेको छ ।
दुइवटा बिचक्राफ्ट र थप गरिएको पाँच वटा जेट्स्ट्रीम सहित कुल सात वटा जहाज बाट उडान थाल्ने क्रममा बिच एअरक्राफ्टद्वारा भरतपुर बाट उडान शुरु गरेको हो। आगामी केही दिनभित्र नै थप गरिएको जेट्स्ट्रीम जहाजद्वारा पनि हवाइ उडान थाल्ने एयरलाइन्सका प्रवक्ता एवम बजार तथा बिक्रि प्रमुख प्रज्वल थापाले जानकारी दिए ।
News Link: